प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध उजुरी
काठमाडाैं | असोज २४, २०७९
तस्बिर फाइल
काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ ।
डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि बीपी कांग्रेसका उम्मेदवार कर्ण मल्लले देउवाको नामांकन जन्म मितिमा एउटा र मतदाता नामावालीमा अर्कै भएको भन्दै मुख्य निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेका हुन् ।
प्रधानमन्त्री देउवाको जन्ममिति नागरिकतामा २००३ जेठ ३१ गते रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख छ ।
प्रमुख निर्वाचन अधिकृत वालकृष्ण वाग्लेले उजुरी परेको पुष्टी गर्दै भने, ‘यस विषयमा कानुन वमोजिम मंगलबारसम्म निर्णय लिइने छ’ ।
ऐन कानुन अनुसार आवश्यक छानबिन गरिने पनि प्रमुख निर्वाचन अधिकृतले जानकारी दिए । आइतबार प्रधानमन्त्रीपत्नी तथा कांग्रेस नेता आरजु देउवा वारेस भएर देउवाको उम्मेदवारी दर्ता गराएकी थिइन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

